कर्मचारीलाई सरकारको नीति र कार्यक्रमको प्रतिकूल हुने गरी लेख रचना प्रकाशित गर्न रोक

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेको छ।

मन्त्रालयले कर्मचारीको आचरण र व्यवहारलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित र मर्यादित बनाई कार्यसम्पादन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आचारसंहिता लागू गरिएको मन्त्रालयले जनाएको छ । कर्मचारीले कार्यालयको काममा रहेको समयमा कार्यालय परिसर वा फिल्डमा खटिएको अवस्थामा कार्यालयको पोसाकमा खिचिएका फोटो वा भिडियोहरू सामाजिक सञ्जालमा राख्न नपाउने आचार संहितामा उल्लेख छ ।

तर, शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो नियम लागू नहुने आचारसंहितामा उल्लेख छ । फेसबुक, ट्वीटर, ह्वाट्सएप, टिकटक जस्ता सञ्जालहरू प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउने गरी व्यावसायिक सतर्कता अपनाउनुपर्ने सर्त पनि आचार संहितामा राखिएको छ । सरकारको नीति र कार्यक्रमको प्रतिकूल हुने गरी लेख रचना प्रकाशित गर्न वा सामाजिक सञ्जालमा टिप्पणी गर्न समेत रोक मन्त्रालयले रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *