‘प्रधानमन्त्री ‘कर्णालीका सुइना, मेरा सुइना’ भनेर रमाउनुमात्र भयो’

काठमाडौँ । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले दुर्घटनाको ७२ घण्टा बितिसक्दा पनि बेपत्ताहरूको अवस्था अझै अज्ञात रहेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले कर्णालीका नागरिक पटक–पटक राज्यको बेवास्ताको सिकार बन्नुपरेको आरोप लगाउँदै कर्णाली राजमार्गलाई ‘मृत्युमार्ग’ बाट सुरक्षित सडकमा रूपान्तरण गर्न सरकारसँग माग गरिन् । उनले कर्णालीलाई राज्यले सधैँ उपेक्षा गरेको बताएकी छन् ।

उनले प्रधानमन्त्री बालेन साह ‘कर्णालीका सुइना मेरा सुइना’ भनेर रमारहेको बताइन् । उनले भनिन्,‘शिक्षा र स्वास्थ्य होइन, हिँड्ने बाटो देऊ भन्दा कर्णालीका जनताले भिख मागेजस्तै गर्नुपर्छ । हामी भिख माग्न आएका होइनौँ, अधिकार माग्न आएका हौँ । यो कुरामा ध्यान दिइयोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *