प्रदेश मन्त्री र मेयरलाई पनि थुनिदिने पूर्वाधार मन्त्री लम्सालको धम्की

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काममा उत्तरदायी नभए प्रदेश मन्त्री र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूसँगको भेटमा मन्त्री लम्सालले यदि प्रदबेशका मन्त्री र मेयरले काम नगर्ने थुन्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई इन्फर्म गर्नुहोला, मेयरलाई नै कारबाही गर्छौँ हामी । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने प्रदेशको मन्त्रीलाई नि थुन्छौँ, चिन्तै लिनुपर्दैन ।’

यसअघि पनि लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँचिदिने चेतावनी दिएका थिए ।

उनले भनेका थिए, ‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, त्यसलाई पनि यहीँ राख्नू । घर पठाउने हैन । फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *