काठमाडौँ । ट्राफिक प्रहरीले गृहमन्त्री सुदन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारी साधनमा जडान गरिएको कालो स्टिकर हटाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र गृहसचिवको सवारीको कालो सिसा हटाएको हो । ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो सिसा हटाउन भन्दै गृहमन्त्री आफैं ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । त्यसपछि प्रहरीले उनीहरूको सवारीको कालो सिसा हटाएको हो ।






