काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको असर संसदमा पनि परेको छ । महाधिवेशन लम्बिदा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर शुक्रबारका लागि सारिएको छ ।
संघीय संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक बस्ने दिन र समय परिवर्तन गरिएको जनाएको छ । रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्मका लागि तय भएकोमा महाधिवेशनमा बुधबार दिउँसोसम्म निर्वाचन हुन सकेको छैन ।

