काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरमार्केट बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको उक्त स्टोर मर्मत तथा पुनर्निर्माणपछि बुधबारदेखि पुनः खुला गरिएको हो ।
आगलागीका कारण ठूलो क्षति व्यहोरेको स्टोरलाई पुनर्निर्माण गरी आजबाट नियमित सेवा सञ्चालनमा ल्याइएको भाटभटेनी सुपरमार्केटले जनाएको छ । स्टोर पुनः सञ्चालनमा आएसँगै स्थानीय उपभोक्ताले सहज रूपमा सेवा लिन सक्ने भएका छन् ।
