पोखरामा यसरी मनाइयो योग दिवस

काठमाडौँ । पोखरामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । योगले स्वस्थ शरीर, शान्त मन र सकारात्मक सोच विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले आधुनिक जीवनशैलीका चुनौतीबीच योगले मानिसलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा सन्तुलित र सशक्त बनाउने मार्ग प्रदान गर्ने अपेक्षा गरिएको छ ।

विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले योगलाई दैनिक जीवनको अभिन्न अभ्यासका रूपमा अपनाउन सबैमा आग्रह गरेका छन् । नियमित योग अभ्यासले स्वस्थ, अनुशासित र समृद्ध समाज निर्माणमा योगदान पुर्याउने उनको विश्वास छ ।

‘स्वस्थ नागरिक, समृद्ध समाजको आधारः नियमित योग अभ्यास’ भन्ने सन्देशसहित महानगरले नागरिकलाई योगप्रति जागरूक हुँदै स्वस्थ जीवनशैली अपनाउन आग्रह गरेको छ । नगर क्षेत्रमा योगलाई प्रवद्र्धन गर्न टोल स्तरमा सञ्चालित योगका गतिविधिहरूलाई व्यवस्थित गर्न आर्थिक तथा भौतिक सहयोगहरू उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *