जावलाखेल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथ

ललितपुर । रातो मच्छिन्द्रनाथको रथ बुधबार लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ । बुधबार अपरान्हदेखि रथ तान्न सुरु गरेर साँझ जावलाखेल पुर्याइएको हो । वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ ।

आज जावलाखेल पुर्याएसँगै अब शनिबार भोटो जात्रा मनाइन्छ । रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो । मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ ।

मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । भोटो देखाएसँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *