बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुख बेनजिर अहमदलाई दुबईबाट पक्राउ गरिएको छ । उनीविरूद्ध इन्टरपोलको खोजीको सूचीमा निवेदन परेको थियो । कुनै समय शेख हसिनाको नजिकको सहयोगी रहेका बेनजीरले सन् २०२४ को मे महिनामा देश छाडेका थिए ।

‘र्यापिड एक्सन बटालियन’ नामक अर्धसैनिक बलको नेतृत्व गरेका उनलाई सयौँ बेपत्ता र गैरन्यायिक हत्यामा कथित भूमिकाको लागि संयुक्त राज्य अमेरिकाले सन् २०२१ मा उनीलगायत केही बङ्गलादेशी अधिकारीविरुद्ध प्रतिबन्ध लगाएको थियो ।

“पूर्व प्रहरी प्रमुख अहमदलाई जुन १२ मा पक्राउ गरिएको र छिट्टै सुपुर्दगी गरिने छ,” बङ्गलादेशका गृहमन्त्री सलाहुद्दीन अहमदले संसदलाई बताए । सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उनी निर्वासनमा रहँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *