नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका दोलखाको सैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिइएको प्रहरी टोलीले उनलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरेको हो।

डाँका चोरी मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेको उनी जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको थिए। श्रेष्ठलाई नक्खु कारागार चलान गरिएको कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *