काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको निर्वाचन प्रक्रिया स्थगित भएको छ । मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गरिएको हो ।
निर्वाचन समितिले मंगलबार अव्यवस्थित रूपमा हस्तलिखित मतदाता नामावली प्रकाशन गरेको थियो । मंगलबार नै मतदाता नामावली प्रकाशनमा प्रश्न उठे पनि निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढाएको थियो ।


