काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन साहले माफी नमागेसम्म सदन चल्न नदिने निर्णय गरेका छन् । मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले पुरानै निर्णय यथावत राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिएका छन् ।
उनले बैठकले प्रधानमन्त्रीले माफी नमागेसम्म र अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म ससद चल्न नदिने निर्णय गरेको बताए । प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए । त्यसपछि विपक्षी दलहरूले निरन्तर संसद बैठक अवरोध गर्दै आएका छन् ।
