अमेरिकी राइड सेयरिङ कम्पनी उबरको नेपालमा औपचारिक रूपमा सेवा सुरु

काठमाडौं । अमेरिकी राइड सेयरिङ कम्पनी उबरले शुक्रबारदेखि नेपालमा औपचारिक रूपमा सेवा सुरु गरेको छ । यससँगै नेपालको डिजिटल अर्थतन्त्र विस्तारमा नयाँ अध्याय थपिएको बताइएको छ ।

नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक उपप्रमुख चेलन ब्लिसले उबरको औपचारिक शुभारम्भ गर्दै कम्पनीको नेपाल प्रवेशलाई नेपाली बजारप्रतिको विश्वासको संकेत भएको बताइन् ।

उनले भनिन्, ‘नेपालमा सेवा विस्तार गर्ने उबरको निर्णय नेपालले अघि बढाइरहेको यात्रामाथिको विश्वास मात्र होइन, नेपाली जनतामाथिको भरोसाको पनि प्रतीक हो ।’

नेपालले डिजिटल रूपान्तरणलाई तीव्र बनाइरहेका बेला उबरजस्ता अमेरिकी कम्पनीहरूले उपभोक्ताको विकल्प विस्तार, नवप्रवर्तन प्रवद्र्धन तथा नयाँ आर्थिक अवसर सिर्जनामा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

अमेरिकाले नेपालमा डिजिटल विकास तथा अमेरिकी व्यवसायिक संलग्नताको विस्तारलाई निरन्तर समर्थन गर्ने पनि कार्यक्रममा उल्लेख गरिएको थियो । उबरको नेपाल प्रवेशलाई सूचना प्रविधि तथा डिजिटल सेवाक्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *