टर्कीमा ट्याङ्करभित्र लुकिरहेका ३० आप्रवासी सुरक्षा नियन्त्रणमा

इस्तानबुल । दक्षिणपूर्वी टर्कीको प्रहरीले इरानको सीमा नजिकै एउटा ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासीलाई सुरक्षा नियन्त्रणमा लिएको छ।
बुधबार एक्समा पोस्ट गरिएको भिडियोमा अधिकारीहरूले पूर्वी बिटलिस प्रान्तको सडकमा ट्याङ्करको माथि रहेको खुला ठाउबाट धेरै मानिसहरूलाई बाहिर निकालेको देखाइएको छ।

‘उनीहरूलाई मानव बेचबिखनका लागि ट्याङ्करमा राख्न लागेको आशङ्कामा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको छ,’ भिडियो थप विवरण दिइएको छैन तर ३० जना आप्रवासीलाई उनीहरूको देशमा नै सुपुर्दगी गरिने उल्लेख छ । घटनाबारे स्पष्ट जानकारी दिन एएफपीले सम्पर्क गर्दा प्रहरीले थप टिप्पणी गर्न अस्वीकार गरेको छ।

इरानको सीमाबाट करिब ३०० किलोमिटर टाढा रहेको यस प्रान्तमा अवैध आप्रवासीहरू नियमित रूपमा ट्रकभित्र लुकेर बाहिरिने गरेको बताउने गरिएको छ।

टर्कीले आप्रवासी (अधिकांश अफगानी) लाई प्रवेश गर्नबाट रोक्न सन् २०२१ मा इरानी सीमामा पर्खाल निर्माण गर्न सुरु गरेको थियो ।
उक्त क्षेत्रमा हालसम्म करिब २५० वटा निगरानी टावरसहित करिब ३८० किलोमिटर कङ्क्रिट ब्यारियर र ५५३ किलोमिटर ट्रेन्च निर्माण भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *