कान्तिपुर सहकारीका एकसय जना ऋणीहरूको नाम सार्वजनिक

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।

समस्याग्रस्त घोषित कान्तिपुर सहकारीका १०० जना ऋणीहरुको नामावली समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको वैशाख २३ गतेको निर्णय बमोजिम सार्वजनिक गरिएको हो ।

समितिमा उपलब्ध ऋणीहरुको विवरणका आधारमा नामावली सार्वजनिक गरिएकोमा, साविकमा ऋण चुक्ता गरिसकेका तर ऋणीहरुको नामावलीमा नाम सार्वजनिक भएका ऋणीहरुले सप्रमाण उपस्थित हुन र ऋण नतिरी बसेका ऋणीहरुले यस समितिको कार्यालयमा सम्पर्क गरी यथाशिघ्र ऋण चुक्ता गर्न, अन्यथा कानुन बमोजिम असुली गरिने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *