कर्जा दुरूपयोग कसुरमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष पाण्डे पक्राउ

काठमाडौँ । कृत्रिम व्यवसाय खडा गरी पटकपटक कर्जा दुरूपयोग गरेको कसुरमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष तथा इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेसका सञ्चालक ओमप्रसाद पाण्डेलाई पक्राउ गरिएको छ।

काठमाडौँ महानगरपालिका–९ रातोपुलका पाण्डेलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरेको हो।

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उनीविरुद्ध उच्च अदालत पाटन ललितपुरबाट २०८२ मङ्सिर २८ गते पक्राउ पूर्जी जारी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *