काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्ववरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राज्य संचालनमा ख्याख्याल नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिएको भन्दै मिश्रले यस्तो बताएका हुन् । संसदमा अकस्मात उपस्थित भएर जम्माजम्मी संभवतः १० मिनेट बोल्दा एउटा अति गम्भीरसहित तीवटा त्रुटी गर्ने प्रधानमन्त्री विश्वमा अन्त कतै भए जानकारी दिन आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘चुनावी अभियानमा जम्माजम्मी २७ मिनेट बोलेर झण्डै दुई–तिहाईको प्रधानमन्त्री हुने, अनि संसदमा अकस्मात उपस्थित भएर जम्माजम्मी संभवतः १० मिनेट बोल्दा एउटा अति गम्भिरसहित तीवटा त्रुटी गर्ने प्रधानमन्त्री विश्वमा अन्त कतै छन् भने कृपया जानकारी पाऊँ न । अब हाम्रा प्रधानमन्त्रीले स्कृप्ट नहेरी गम्भीर विषयहरूमा एक घण्टा बोल्न पर्यो भने, के हुने होला ? राज्य सञ्चालन डीपीसीको चिज त पक्कै होइन। प्रधानमन्त्रीज्यूले विचार गर्नु पर्ला !’
