सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो । चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षको लागि गरेको खर्च अनुमान व्यहोर्ने स्रोतमध्ये राजस्व १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ संकलन हुने अनुमान गरेको छ ।

त्यस्तै वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड र अपुग हुने ६ खर्ब ५७ अर्ब २९ करोड ऋणमार्फत स्रोत व्यवस्थापन गर्ने अर्थमन्त्री वाग्लेले बताए । जसमध्ये २ खर्ब ४७ अर्ब २८ करोड वैदेशिक ऋणबाट र ४ खर्ब १० अर्ब आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गरिने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *