एमाले नेता उमाशंकर अरगरियाले छाडे पार्टी

काठमाडौँ । नेकपा एमालेका नेता उमाशंकर अरगरियाले पार्टी परित्याग गरेका छन् । आइतबार अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले आफू एमाले प्रवेश गरेको लामो समय भइसक्दा पनि समायोजनको काम नटुंग्याएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले भनेका छन्, ‘उपरोक्त सम्बन्धमा नेकपा (एमाले) मा प्रवेश गरेको निकै वर्ष हुन लाग्दा पनि आजसम्म हामीसँग आएका साथीहरुको समायोजन हुन सकेको छैन र आजसम्म मसँग आएका साथीहरु कमिटीविहीन छ । सगंठन शुद्धीकरण हुनु पर्नेमा पार्टी भित्र पटक पटक पार्टीको अधिकारीक उम्मेदवारलाई हराउनेहरु यो पार्टीमा दण्डीत गर्नुको सट्टा उल्टै पुरुस्कृत गर्ने परम्परा देखेको छु ।’

उनले सबैबै कुराहरु पटक पटक केन्द्रमा जानकारी गराउँदा पनि कुनै किसिमको पहल नभएको गुनासो गरेका छन् । उनले भनेका छन्, ‘पटक पटक जिल्लाको नेतृत्वबाट अपमानित हुने, लगनशील तथा ईमान्दार कार्यकर्ताहरु अपहेलित हुने र पार्टी बिरुद्ध लाग्नेहरु नै सम्मानित हुने प्रवृत्तिले आजित भएको छु । यी सबै कुराहरु पटक पटक केन्द्रमा जानकारी गराउँदा पनि कुनै किसिमको पहल नहुँदा आजबाट म यो पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *