रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन कास्की अदालतको आदेश

पोखरा । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन आदेश दिएको छ ।

शुक्रबार जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको इजलासले निवेदकको माग बमोजिम हुने आदेश दिएको हो । अब लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारीको मुद्दाका प्रतिवादीहरूलाई सहकारी ठगीको मात्रै अभियोग कायम रहने भएको छ ।

रवि लामिछानेसँगै जीबि राई, छविलाल जोशी लगायतको पनि मुद्दा फिर्ता हुनेछ तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले सहकारी ठगीसम्बन्धी मुद्दा यथावत् राखेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेकी थिइन्। त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयले सोहीबमोजिम अदालतमा निवेदन दिएको थियो ।

मुद्दा संशोधन नहुँदा र प्रतिवादीविरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको मुद्दा कायमै रहदा मिलापत्र हुने तथा बिगो रकम सहज रुपमा पाउने प्रक्रिया थप जटिल बन्ने अदालतको आदेशमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *