बीबीसी । अमेरिकी विदेशमन्त्री मार्क रुबियोले क्युबा अमेरिकाको ‘राष्ट्रिय सुरक्षा खतरा’ भएको बताएका छन् । उनले क्युबासँग शान्तिपूर्ण सहमति हुने सम्भावना पनि ‘धेरै कम’ रहेको टिप्पणी गरेका हुन् । उनको यो अभिव्यक्ति अमेरिकाले क्युबाका पूर्वराष्ट्रपति राहुल क्याष्ट्रोविरुद्ध १९९६ मा दुई विमान खसालिएको घटनामा अमेरिकी नागरिकको हत्या गरेको आरोप लगाएको भोलिपल्ट आएको हो ।
रुबियोले वासिङ्टनको प्राथमिकता ‘कूटनीतिक समाधान’ भएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पनि खतराबाट अमेरिकाको सुरक्षा गर्ने अधिकार र दायित्व रहेको बताएका छन् । क्युबाली विदेशमन्त्रीले रुबियोले सैन्य हस्तक्षेप भड्काउने प्रयास गरेको आरोप लगाउँदै अमेरिकी सरकारले आफ्नो देशमाथि योजनाबद्ध दबाब सिर्जना गरिरहेको बताएका छन् ।
