प्रस्तावित कार्यविभाजनप्रति बास्कोटा असन्तुष्ट, भरोसा हुनेलाई काम दिन सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक संजालमार्फत बास्कोटाले उस्तै–उस्तै प्रकृतिका विभाग र फाँट नामकै लागि राखिएको टिप्पणी गरेका हुन् । उनले जसमाथि भरोसा छ उसैलाई काम दिन सुझाव दिएका छन् ।

बास्कोटाले भनेका छन्, ‘एमालेले उस्तै उस्तै प्रकृतिका विभाग र फाँट नामकै लागि किन राख्नु ? जसमाथि पुरा भरोसा छ,उसैलाई काम दिए भैगो नि । मर्जिङ गर्नु राम्रो । कामकाजी नहुने नामधारी हुने संगठनमा व्यक्तिका नामको चाङ किन चाहियो ? मागेको हैन, सुनेपछि लागेको कुरा भनेको ।’ बास्कोटालाई भूमि व्यवस्था विभाग प्रमुखमा प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *