विपक्षीलाई पेलेरै बढे सभामुख, प्रधानमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभामा विपक्षीको नाराबाजी

काठमाडौँ । प्रधानमन्त्री बालेन साहको राजीनामा माग गर्दै संसदमा विपक्षीले नाराबाजी गरेका छन् । सदनमा प्रधानमन्त्री आउनुपर्ने विपक्षीको मागलाई सभामुखले वेवास्ता गर्दै बैठक अघि बढाएपछि विपक्षीले प्रधानमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका हुन् ।

त्यसक्रममा विपक्षी दलका सांसदले वेल घेराउसमेत गरेका थिए । सभामुख अर्यालले प्रधानमन्त्री एवं गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । त्यसपछि विपक्षीले नाराबाजी गरेका हुन् ।

विपक्षी दलका सांसदको नाराबाजीबीच सभामुख अर्यालले बैठक सञ्चालन गररेका छन् । प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री गौतमले विभिन्न विधेयक संसद्मा पेश गरेकी छन्।

यसअघि सभामुखले १५ मिनेट बैठक स्थगित गरी प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटपछि सभामुख विपक्षीलाई पेलेर अघि बढेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *