बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारको नियतमाथि प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद पुनले सत्तापक्षका सांसदहरुमा निरीहता देखिएको बताए । छलफलमै भाग नलिने, सरकारमा बसेका केही कार्यकारीले ल्याइदिएपछि हुने भए यति धेरै सांसद किन चाहियो ? भन्दै प्रश्न समेत उनले गरे ।

उनले भने,‘सत्तापक्षका माननीयज्यूहरू पनि अलि निरीह जस्तो, ’सरकारले ल्यायो क्यारे, मान्दिने’ जस्तो देखिनुभयो। उहाँहरूले भोलि आफ्नो निर्वाचन क्षेत्रमा जवाफ दिनुपर्छ। यो छलफलमै भाग नलिने, सरकारमा बसेका केही कार्यकारीले ल्याइदिएपछि हुने भए यति धेरै सांसद किन चाहियो?’

सांसद पुनले पुनले बजेट प्रस्तुत गर्नु १५ दिनअगावै छलफल सकाउनुपर्ने कानुनी व्यवस्था भए पनि समय घर्काएर संसद बोलाउँदा एक दिनमै छलफल सकाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए ।

उनले आगामी दिनमा विगतमा झैँ चैत १५ तिरै अलि समय लिएर छलफल गर्ने र उठेका विषयका आधारमा बजेट बनाउने कुरामा सरकारले प्रतिबद्धता जनाएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *