अमेरिकाद्वारा नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको खेलमा अमेरिकाले नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले नेपाललाई जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको अमेरिकाले ४३.३ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको हो । खेलमा उत्कृष्ट शुरुवात गरेको अमेरिका मध्यक्रममा लगातार विकेट गुमाउँदा ठुलो योगफल बनाउन असफल भएको हो । अमेरिकाको लागि स्मित पटेल र शेहन जयसूरियाले अर्धसतक बनाए । पटेलले ८९ बलमा ८ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ८३ रन बनाउँदा जयसुरियाले ५२ बलमा ५ चौका र एक छक्काको मद्दतमा ५० रन बनाए । यस्तै मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि दीपेन्द्र सिंह एरीले ७.३ ओभरमा २४ रन दिएर चार विकेट लिँदा सोमपाल कामीले दुई तथा सन्दीप लामिछाने र गुलसन झाले समान एक/एक विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *