काठमाडौँ । बुधबारको तुलनामा बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ३०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजा ७४५ रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र चाँदी रु पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
