विपक्षीको अवरोधका कारण प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलले सदनमा प्रधानमन्त्री बालेन साहको उपस्थितिको माग गर्दै अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्दा सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने र उठेको प्रश्नको जवाफ दिनुपर्ने अडान विपक्षीले राखेका छन् । प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अघि सारेपछि विपक्षीले आपत्ति जनाएका हुन् ।

यसअघि दुई पटक स्थगित भएको बैठक तेस्रो पटक संचालन गर्न खोजिए पनि विपक्षीले अवरोध जारी राखेपछि सभामुखले बैठक भोलि बिहान ११ बजेसम्मलाई बैठक स्थगित गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले लगातार अवरोध गरिरहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *