काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आजबाट शुरू त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डबिरुद्ध टस हारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरू हुने खेलमा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालको प्लेइङ ११ :- रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, आरिफ शेख, गुलसन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी
