अब कर्णालीमा कांग्रेस नेतृत्वको सरकार : सभापति थापा

काँक्रेविहार (सुर्खेत) । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कर्णाली प्रदेशमा अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने समय आएको बताएका छन् ।

प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस र एमालेबीच भएको राजनीतिक सहमति कार्यान्वयन गर्ने बेला आएको उल्लेख गरे । उनले भने, “हामी कांग्रेस र एमालेबीच एउटा सहमति भएको छ । अब कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बेला आएको छ ।”

विसं २०७९ को प्रदेशसभा निर्वाचनपछि बनेको सत्ता समीकरणअनुसार नेकपा एमालेले कर्णाली सरकारको नेतृत्व गर्दै आएको छ । कर्णाली प्रदेशमा कांग्रेसले लामो समयदेखि सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *