काठमाडौं । सोमबारदेखि संसदको बजेट अधिवेशन सुरु भएको छ । अधिवेशन सुरु भएको पहिलो दिन नै प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले उठेर विरोध गरेका छन्।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध जनाए ।
विपक्षी दलहरूले अध्यादेशले शक्ति सन्तुलन र लोकतान्त्रिक अभ्यास कमजोर बनाउने भन्दै सदनमा उठेर सरकारको विरोध गरेका हुन् ।
विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डीपी अर्यालले विपक्षी सांसदहरूलाई आकस्मिक समय उपलब्ध गराउने बताएपछि बैठक संचालन भएको थियो । त्यसपछि प्रमुख प्रतिपक्षी दलका सचेतक निश्कल राईलाई बोल्न समय दिएका थिए ।
