स्वदेश फर्किँदै गरेका १७ अमेरिकी नागरिकमध्ये एकमा हन्टा भाइरस सङ्क्रमण पुष्टि

वासिङ्टन। हन्टा भाइरसबाट प्रभावित क्रुज जहाजबाट स्वदेश फर्किन लागेका १७ अमेरिकी नागरिकमध्ये एक जनामा भाइरसको हल्का सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले भनेको छ, “एक यात्रुमा हाल हल्का लक्षणहरू भेटिएका छन् र अर्को यात्रुमा एन्डिज भाइरसको हल्का सङ्क्रमण पुष्टि गरिएको छ।”

“सावधानीका लागि दुवै यात्रु अहिले विमानको ‘बायोकन्टेनमेन्ट युनिट’मा यात्रा गरिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ।स्पेनको क्यानरी टापुबाट उद्धार गरिएका अमेरिकी यात्रुहरूलाई ग्रामीण राज्य नेब्रास्काको विशेष केन्द्रमा लगिनेछ। सामान्य लक्षण देखिएका व्यक्तिलाई दोस्रो सेन्टरमा लगिनेछ ।

आगमन पछि ‘प्रत्येक व्यक्तिको क्लिनिकल मूल्याङ्कन हुनेछ र उनीहरूको अवस्थाको आधारमा उचित हेरचाह र सहयोग प्रदान गरिनेछ ।

अर्जेन्टिनाबाट छुटेको ‘एमभी होन्डियस’ जहाजमा हन्ता भाइरस सङ्क्रमित तीन यात्रुहरूको मृत्यु भएको थियो भने अन्य केही व्यक्तिमा दुर्लभ यस रोगको भाइरस फेला परेको थियो । यो सामान्यतया मुसाहरूबाट सर्ने भाइरस हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *