सुनको मूल्य तोलामा चार सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार सुन तोलामा दुई लाख ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ ।

आज चाँदी तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *