पार्टी हितविपरीत गतिविधिमा संलग्न १५ जनाको सदस्यता खारेज गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको भन्दै १५ जना सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने तथा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै, बैठकले वडा, पालिका र जिल्ला तहका भेला तथा अधिवेशनको विशेष तालिका स्वीकृत गर्नुका साथै विभिन्न विभाग तथा तहमा नयाँ जिम्मेवारीसमेत तोकेको छ । रास्वपाले पार्टी केन्द्रीय समितिको बैठक वैशाख ३० गते बस्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *