जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेका छन् । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि आइतबार बसेको सत्तारुढ चार दलको बैठकले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेतृत्वको सरकारलाई निरन्तरता दिँदै मत लिने निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८३ बैशाख २७ गतेका दिन मधेश प्रदेश सरकारमा सहभागी सत्तासाझेदार दलका नेताहरुको बैठक बसी वर्तमान मुख्यमन्त्री माननीय कृष्णप्रसाद यादव ज्यूको नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिदैं यथाशिघ्र विश्वासको मत लिने निर्णय गरियो ।’
वैशाख २२ गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

