यस्ता छन् मन्त्रिपरिषद बैठकका चार निर्णय

काठमाडौँ । शुक्रबार बसेको मन्त्रिपरिषदले विभिन्न चार निर्णय गरेको छ । बैठकले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले वैशाख २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । बैठकले त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दुई अन्तर्राष्ट्रिय महासन्धि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ संसद्मा पेश गर्न अनुमति दिएको हो । त्यसैगरु श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि, १९४७ अनुमोदनका लागि संघीय संसद्समक्ष पेश गर्न पनि स्वीकृति प्रदान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *