पोखरा । फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बोटमा फसेका ५ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
बिहीबार दिउँसो फेवातालमा काठको बोटमा सवार उनीहरु फसेको भन्ने खवर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएकोेटोलीले उनीरुको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
