विपद् प्राधिकरणको ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चमेना गृह (क्यान्टिन)मा म्याद गुज्रिएको दही फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार जरिवाना गरेको छ ।

विभागको टोलीले बुधबार गरेको अनुगमनका क्रममा म्याद गुज्रेको दही फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुर गरेका देखिएकाले उक्त जरिवाना गरिएको हो ।

अनुगमन टोलीले उक्त दहीको उत्पादक श्रीकृष्ण डेरी फर्मलाई व्यवसाय दर्ता प्रमाणपत्र तथा उक्त दहीको बिक्री बिल लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *