काठमाडौं । चलचित्र ‘लालीबजार’ प्रदर्शनको बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो ।
रोशनी नेपाली वादीले चलचित्र रोक्न माग गर्दै रिट हालेकी थिइन् । वैशाख १५ गते अदालतले प्रदर्शन रोक्न आदेश दिएको थियो । अदालतको आदेशपछि १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्रदर्शन अनिश्चित बनेको थियो ।


