ओमानविरुद्ध नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । युएईविरुद्ध पछिल्लो खेल खेलेका भीम शार्की र सोमपाल कामीको स्थानमा आसिफ शेख र करण केसी टोलीमा फर्किएका छन् ।

नेपालको प्लेइङ ११ :- विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, आरिफ शेख, गुलसन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *