बुद्ध पूर्णिमाको अवसरमा रौतहटमा मूर्ति हस्तान्तरण

चन्द्रपुर, रौतहट २५७०औँ बुद्ध पूर्णिमाको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका–९ सिन्दुरेघारीस्थित देछेन छ्योलिड गुम्बामा विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको छ ।

शाक्यमुनि भगवान बुद्धको जन्म, सम्यक सम्बोधि प्राप्ति र महापरिनिर्वाण प्राप्तिको त्रिसंयोग दिवसकाे कार्यक्रममा कु–मूर्ति केन्द्रका केन्द्रीय अध्यक्ष वसन्त वाइबाले बौद्ध जागरण केन्द्रको शाखा कार्यालय रहेको उक्त गुम्बालाई बुद्ध मूर्ति हस्तान्तरण गरेका थिए ।

मूर्ति हस्तान्तरणपछि शान्तिको सन्देश फैलाउने उद्देश्यले मूर्तिसहित शान्ति र्याली आयोजना गरिएको थियो । र्यालीले बजार परिक्रमा गर्दै विश्व शान्तिको कामना गरिएको आयोजकले जनाएको छ ।

यसै अवसरमा गुम्बामा आयोजित विशेष धार्मिक कार्यक्रममा श्रद्धेय धर्मगुरु गेसे खेन्पो थुप्तेन जिगडोलबाट विशेष प्रवचन प्रदान गरिएको थियो ।

कार्यक्रममा स्थानीय श्रद्धालु तथा बौद्ध धर्मावलम्बीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

बुद्धधर्म सम्बन्धी भिडियाेका लागि यहाँ क्लिक गर्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *