युएईविरुद्ध नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै, अर्जुन कुमालले डेब्यु गर्ने

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत आज हुने खेलमा नेपालले युएईविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने जारी खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

आज नेपालको लागि टप अडर ब्याट्सम्यान अर्जुन कुमालले डेब्यु गर्ने भएका छन् । यु-१९ देखि नेपालबाट खेल्दै आएका अर्जुनलाई राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले डेब्यु क्याप दिएका हुन् । यससँगै उनले आज युएईविरुद्ध खेल्ने भएका छन् । यससँगै उनी नेपालको लागि एकदिवसीयमा डेब्यु गत्ने ४३ खेलाडी बनेका छन् ।

यस्तै नेपालले आजको खेलमा चार परिवर्तन गरेको छ । ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख, बासिर अहमद र करण केसीको स्थानमा अर्जुन कुमाल, विनोद भण्डारी, नन्दन यादव र ललित राजवंशी प्लेइङ सेटमा रहेका छन् ।

नेपालको प्लेइङ ११ :- अर्जुन कुमाल, विनोद भण्डारी, भीम शार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *