बुद्धजयन्तीका अवसरमा स्वयम्भूनाथ चैत्यमा पूजा आराधना गर्न भक्तजनको घुइँचो(फोटोफिचर)

काठमाडौँ । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५७०औँ जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।

बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्वयम्भूनाथ चैत्यमा पूजा आराधना तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको छ ।

तस्बिरः हरिराम भेटुवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *