घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ ।

निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ । खाना पकाउने ग्यासको भने मूल्यवृद्धि भएको छ । अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *