संसदीय दलको नेता चयनमा भएको ढिलाइप्रति खड्का असन्तुष्ट, भन्छन्-दशथरिको हुन्डरी मच्चाउने काम र हस्तक्षेप कसैको हितमा छैन

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेता छनौटमा भइरहेको ढिलाईप्रति आपत्ति जनाएका छन् ।

आइतबार राति सामाजिक संजालमार्फत खड्काले दलको नेता छनोटको कार्यमा देखिएको अस्वाभाविक ढिलाई र अन्योल दलको सार्वभौम अधिकार माथिको ठाडो हस्तक्षेपको परिणाम भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेस संसदीय दलको नेता छनोटको कार्यमा देखिएको अस्वाभाविक ढिलाई र अन्योल दलको सार्वभौम अधिकार माथिको ठाडो हस्तक्षेपको परिणाम हो। यो कार्य तत्काल बन्द गरियोस् । संसदीय दलका माननीय सदस्यहरुको यसतर्फ गम्भीर ध्यानाकार्षण ।’

उनले संसदीय दलले अबिलम्ब दलको नेताको चयन सम्पन्न गरेर जनता र दुनियाँको नजरमा पार्टीको छबिमा हुन थालेको थप क्षतिलाई रोक्न माग गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्ने कार्य पार्टी केन्द्रीय कार्यसमितिले दलको विधान अनुमोदन गरेपछि संसदीय दलको विधानको व्यवस्था बमोजिम केन्द्रीय कार्यसमितिको समन्वय र सहजीकरणमा संसदीय दलका सदस्यहरुले सर्वसम्मत वा प्रतिस्पर्धाको माध्यममाबाट सार्वभौम तरिकाले निर्वाचन सम्पन्न गर्ने बिषय हो । यो दशथरिको हुन्डरी मच्चाउने काम र हस्तक्षेप कसैको हितमा छैन । संसदीय दलले अबिलम्व दलको नेताको चयन सम्पन्न गरेर जनता र दुनियाँको नजरमा पार्टीको छबिमा हुन थालेको थप क्षतिलाई रोकियोस् । यस बिषयमा पार्टी केन्द्रीय नेतृत्वको गम्भीर ध्यानाकर्षण होस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *