एन्फाका २४ जना पदाधिकारी पासपोर्ट कालोसूचीमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसहित पंकजबिक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा परेको छ ।

अध्यागमन विभागका अनुसार शुक्रबार एन्फाका २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न निवेदन प्राप्त भएको र त्यहिँअनुसार कालोसूचीमा राखिएको छ ।

स्रोतका अनुसार कार्यसमिति सदस्यहरु, सीइओ र सहायक महासचिवसहितका अधिकारीहरुलाई विदेश भ्रमणमा जान नपाउने गरि पासपोर्ट कालोसूचीमा राखिएको हो ।

पछिल्लो समय खेलकुद परिषद र एन्फाबीच विवाद रहँदै आएको छ । राखेपको निर्देशन विपरित निर्वाचन गर्न लागेको भन्दै एन्फामाथि परिषदले तीन महिनाको निलम्बन गरेको थियो ।

साथै एन्फामा अनिमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको विषयमा खेलकुद मन्त्रालयमा पत्र प्राप्त भएका थिए । त्यसपछि राष्ट्रिय खेलकुद परिषदले छानविनका लागि उपसमिति गठन गरेको थियो । उक्त  समितिले नै आर्थिक विषयमा छानविन गर्नु पर्ने भन्दै एन्फा पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्दै विदेश जान नदिने भनेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *