काठमाडौं । त्रिभुवन विश्वविद्यालयले टियु क्रिकेट मैदान खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ । आइतबार त्रिविले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको हो ।
अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना जारी गरेकोमा सो अन्तर्गत क्रिकेट रगंशाला पनि परेको छ । त्रिवि–क्यान सम्झौता यही वैशाख अन्तिममा सकिँदै गर्दा त्रिवि रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखाले क्यानलाई ३५ दिने सूचना काटेको हो ।
महेन्द्रकुमार थापाको संयोजकत्वमा गठित खोजबिन समितिले कीर्तिपुर परिसरभित्र र बाहिरका विभिन्न स्थानमा त्रिविको जग्गा अतिक्रमण भएको र प्राप्त हुनुपर्ने भाडासमेत नउठेको फेला पारेका थियो ।
