अमेरिकामा चिकित्सा प्रयोगका लागि गाँजाको पहुँच दिने निर्णय

वाशिङटन । संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको प्रयोग गर्न सहज पहुँच  दिने निर्णय गरेको छ ।

औषधिको पुनः वर्गीकरण गरेर र गाँजाको सुरक्षा र प्रभावकारितामा थप अनुसन्धान सुनिश्चित गर्दै यसलाई चिकित्सकीय प्रयोजनका लागि सहज पहुँच दिने बताएको हो।

कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले भने, गाँजालाई मध्यमदेखि कम लत लाग्ने सम्भावना भएको लागु औषधको रूपमा पुनः वर्गीकृत गरिएको छ । यसले ‘बिरामीहरूको उपचारमा पहुँच विस्तार गर्न र चिकित्सकहरूलाई राम्रो सूचित स्वास्थ्य सेवा निर्णयहरू गर्न सशक्त बनाउँन सहयोग पुग्ने अनुसन्धानले देखाएको छ ।”

अमेरिकी औषधि प्रवर्तन एजेन्सी (डिइए) का अनुसार यसलाई पहिले ‘अनुसूची १’ को रूपमा वर्गीकृत गरिएको थियो, जुन ‘हाल स्वीकृत चिकित्सा प्रयोग र दुरुपयोगको लागि उच्च सम्भावना’ भएको लागुऔषधको एक श्रेणी हो जसमा ‘हेरोइन’ र ‘मेथाम्फेटामाइन’ समावेश छ।

यसलाई अब पाँच तहको औषधीय अनुसूचीको तेस्रो तहमा सारिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको डिसेम्बरमा उपचारका लागि गाँजाको औषधीय गुणको अनुसन्धानलाई अघि बढाउने कार्यकारी आदेशलाई पछ्याउँदै यो निर्णय गरिएको न्याय विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *