नेप्सेमा १७ अंकको गिरावट

काठमाडौँ । बिहीबार शेयर बजार नेप्से घटेको छ । बिहीबार नेप्से १७ दशमलव ०१ अङ्कले घटेर २ हजार ७८७ दशमलव १५ विन्दुमा झरेको छ ।

आज उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र व्यापारबाहेक सबै समूहको सूचक घटेकोमा होटल तथा पर्यटन समूहको सूचक झन्डै डेढ प्रतिशतले ओरालो लागेको छ ।

आज २१६ वटा कम्पनीको शेयर घटेकोमा ४६ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर सबैभन्दा धेरै झन्डै १२ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन पाल्पा सिमेन्ट र शिखर पावरको शेयर भने १५ प्रतिशतले बढेको छ । आज ३४८ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब ९ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *