मन्त्री हुन नपाएको झोंकमा गण्डकी प्रदेशका सांसदले दिए पदबाट राजीनामा

काठमाडौँ । गण्डकी प्रदेश सांसद दोर्णकुमार कुँवरले बुधबार सांसद पदबाट राजीनामा दिएका छन् । उनले बुधबारदेखि नै लागु हुने गरी राजीनामा दिएका हुन् । गण्डकी सरकारमा बुधबार मन्त्रिपरिषद हेरफेर हुँदा मन्त्री बन्न नपाएपछि उनले राजीनामा दिएका हुन् । मुख्यमन्त्री एवं दल नेता सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन इन्कार गरेपछि राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा उनले लेखेका छन्,‘मलाई विश्वास भरोसा दिलाइ जिम्मेवारी सहित मतादेश र जनादेश दिनु भएका आममतदाता, शुभचिन्तक शुभेच्छुक जनमा कोटीकोटी नमनसहित कृतज्ञता व्यक्त गर्दछु । आम नागरिकको विश्वास भरोसालाई पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोमा क्षमा प्रार्थी छु ।’

आफू कुनै सार्वजनिक पदमा नरहेता पनि जनताको सेवामा कुनै कमी हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘यस कार्यकालमा मलाई अवसर दिनु भएकोमा दलका नेता, प्रदेश सभा सदस्य, समिति, राष्ट्र सेवक कर्मचारी र मेरो पार्टी नेपाली कांग्रेस लगायत मिडिया सबै जनमा कोटीकोटी नमन व्यक्त गर्दछु । गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारको पूर्ण कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

उनी २०७९ को प्रदेशसभा निर्वाचनमा कुँवर बागलुङ– २ (ख)बाट सांसद निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *