काठमाडौँ । सभामुख डिपी अर्यालको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ । बुधबार थापाथलीमा सभामुख अर्याल चढेको गाडी कारबाहीमा परेको हो ।
लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेकाले कारबाही गरेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो । लेन उल्लंघन गरेपछि ट्राफिक प्रहरी सिंहदरबार पुगेर चिट काटेको छ । ट्राफिक प्रहरीले तीन वटा गाडीलाई चिट काटेको छ ।
